जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १३:३९

माओवादी सांसदले नै गरे कुलमानको विरोध


काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गर्नुभयो ।

‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ? उहाँले प्रश्न गर्नुभयो । सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन आग्रह गर्नुभयो ।