रूपन्देही, २८ साउन । लुम्बिनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो संसदीय दलको सदस्यलाई मन्त्रीको सपथ खुवाएको भन्दै प्रदेश प्रमुखको आलोचना गरेको छ ।सो पार्टीका लुम्बिनी अध्यक्ष लिला गिरीले विज्ञप्ति जारी गर्दै कानुन विपरीत प्रदेश प्रमुखले आफ्नो सदस्यलाई सपथ खुवाएको भन्दै आपत्ति जनाउनुभएको छ । अध्यक्ष गिरीले कानुन विपरीत विपक्षीको सहभागिता सरकारमा गराएको बताउनुभएको छ । एमालेले आज सपथ लिएका अजय शाही र विमला वलीलाई आफ्नो संसद गन्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्