काठमाडौं, साउन २९ । एमाले सचिव तथा गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले अध्यक्ष केपी ओलीका कारण एमाले खरानी भएको भन्दै फैलाइएको अफवाहप्रति कडा आपत्ति जनाउनु भएको छ । केही दिनयता सामाजिक सञ्जालमा गुरुङको भनाई भन्दै अध्यक्ष ओलीबिरुद्ध प्रचार गरिएपछि आज सचिवालयमार्फत बिज्ञप्ती जारी गर्दै उहाँले कडा आपत्ति जनाउनु भएको हो ।
गुरुङको सचिवालयले आज विज्ञप्ति जारी गर्दै नामै नसुनिएका मिडियामा गुरुङले बोलेको भनी आएका प्रोपागाण्डाको भ्रममा नपर्न आग्रह गरेको छ । प्रेस संयोजक विक्रम न्यौपानेले जारी गरेको विज्ञप्तिमा एमाले नेतृत्व र पिएस गुरुङलाई बदनाम गर्ने मनसायले यस्ता दुश्प्रचार भइरहेको उल्लेख छ । गुरुङ एमाले अध्यक्ष ओलीको सबल र सक्षम नेतृत्वको पक्षमा रहेको र पछिल्लो समय पार्टी विभाजन रोक्न सक्रिय भएको भन्दै यस्तो बेलामा एमालेमा थप विवाद ल्याउन र विवाद समाधान नहोस भन्ने उद्देश्य राखेर गलत प्रचार भएको विज्ञप्तिमा जनाइएको छ ।
माधव नेपाल पक्षधर नेताहरुले गुरुङको भनाइ भन्दै प्रचारित सामाग्रीहरु सामाजिक सञ्जालमा शेयर गर्न थालेपछि सचिवालयबाट विज्ञप्ति आएको हो । माधव समुहकै नेताहरुले यस्तो अफवाह फैलाएको पाइएको छ ।













प्रतिक्रिया दिनुहोस्