जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार ११:४२

नाग पञ्चमीको शुभकामनामा नागसँगै प्रधानमन्त्रीको तस्विर आएपछि


काठमाडौं, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले नाग पञ्चमीको शुभकामनामा नागसँगै आफ्नो तस्विर राखेपछि सामाजिक सञ्जालमा बिभिन्न टिका टिप्पणी सुरु भएको छ ।

देउवाको सचिवालयले नागपञ्चमीको शुभकामना सन्देशमा प्रधानमन्त्रीको तस्बिर पनि नागसँगै राखेर सामाजिक सञ्जालमा पोष्ट गरेको हो ।पाँचपटक प्रधानमन्त्री बन्नुभएका देउवाको मुखाकृतिसहितको तस्बिर प्रचार भएपछि कांग्रेस नेताहरु नै आलोचना गर्न थालेका छन । यो तस्विरलाई लिएर अहिले फेसबुकदेखि ट्वीटरसम्ममा बहश चलेको छ ।