जनता टाइम्स

१ भाद्र २०७८, मंगलवार १४:१८

संसद छलेर अध्यादेश संविधानमाथिकै जालसाजी : सविधानविद् आचार्य


काठमाडौं, भदौ १ । संविधानविद् डा. भीमार्जुन आचार्यले देउवा सरकारले हिजो दुवै संसदका अधिवेशन अन्त्य गरेर आज ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संविधानमाथिकै जालसाजी भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो अध्यादेश संविधानमाथिकै जालसाजी भएको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन । अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो ।’ यहि काम हिजो ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने नभएको उहाँले स्पष्ट पार्नुभयो ।

देउवा सरकारले आजै मन्त्रिपरिषद माफर्त राष्ट्रपति समक्ष अध्यादेश पेश गरिसकेको छ । संसदमा कायम दल विभाजनका लागि आवश्यक संख्या जुटाउन सांसद वा केन्द्रीय सदस्यमा २० प्रतिशत मात्र भए पुग्ने प्रावधान ल्याएको छ । एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको सो अध्यादेश आफ्नो पार्टी फुटाउनका लागि भन्दै प्रतिवाद गरेका छन् ।