जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १३:५२

आज पनि बढ्यो सुनको भाउ, घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, भदौ २ । आज सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेको हो । आज तोलामा सुनको भाउ ९१ हजार २ सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै बढेर ९० हजार ७ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा आईपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।