काठमाडौं, भदौ २ । राष्ट्रपति बिद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढाएको छ । अध्यादेश जारी भएलगत्तै माधव नेपालसहित सो समुहका नेताहरु नयाँ बानेश्वरस्थित अर्याल होटलमा भेला हुनुभएको छ ।
नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि केही बेरअघिबाट भेला भएका हुन । बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरू उपस्थित छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपाल बैठक स्थल अर्याल होटल पुग्नुभएको छ । नेपाल आएसँगै बैठक शुरू भएको छ ।
बैठकपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने नेपाल समूहको तयारी छ । माधव समुहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने भएको छ भने चुनाव चिन्ह भने कलम, हँसिया हथौडा वा कुनै रूपमा सूर्यको विकल्पमा छलफल भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्