काठमाडौं, भदौ २ । नेकपा एमालेले १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराउनुभएको हो ।
एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो । कारबाही गरिएका भनिएका प्रतिनिधसभाका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायत छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको हो।
यी हुन कार्वाहीमा पर्ने सांसद
- माधव नेपाल
- जीवनराम श्रेष्ठ,
- मुकुन्द न्यौपाने
- रामकुमारी झाँक्री
- कल्याणी खड्का
- लक्ष्मीकुमारी चौधरी
- निरादेवी जैरु
- पुष्पाकुमारी कर्ण
- सरला यादव
- कलिला खातुन
- विरोध खतिवडा
- कृष्णलाल महर्जन
- भवानी खापुङ
- मेटमणी चौधरी













प्रतिक्रिया दिनुहोस्