जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १८:३८

सुरेन्द्र मानन्धरको घोषणा : माधवको पार्टीमा गइन्न


काठमाडौं, भदौ २ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सह–इन्चार्ज सुरेन्द्र मानन्धरले आफू एमालेमा नै रहेको घोषणा गर्नुभएको छ । उहाँले आफू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा संलग्न नरहेको प्रष्ट पार्नुभएको हो ।

माधव समूहमा रहँदै आउनुभएको मानन्धरले आफू पार्टी विभाजनको पक्षमा उभिन नसक्ने भन्दै पार्टी मिलाउन नसकेकोमा भने दुःख व्यक्त गर्नुभयो । मानन्धरले पार्टी विभाजनमा समर्थन नरहेको भन्दै अध्यक्ष ओली १० बुँदे सहमतिबाट एक इन्च पनि पछि हट्न नपाउने बताउनुभएको छ ।