जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १९:११

माधवको साथ छाडेपछि अध्यक्ष ओली भेट्न बालकोट पुगे घनश्याम भुसाल


काठमाडौं, भदौ २ । एमाले बिभाजन गर्ने माधव नेपालकोनिर्णयप्रति आपत्ति जनाउँदै साथ छाडनु भएका उपमहासचिव घनश्याम भुसाल अध्यक्ष केपी शर्मा ओली भेटन बालकोट पुग्नुभएको छ । नेकपा एमाले विभाजन भएलगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आउनु भएका भुसाल नेपालले नयाँ पार्टी दर्ता गरेपछिको अवस्थाबारे छलफल गर्न अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको हो ।

अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरुको तर्फबाट भुसालले ‌‌‌ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै बलियो एमाले बनाउन आग्रह गर्नुहुने उहाँ निकट एक नेताले बताए । नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने साथ दिनुभएन ।

अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्ने प्रष्ट पारेपछि उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भुसालसहितका सवै पदाधिकारीहरुले माधवको साथ छोडनु भएको थियो ।