लामो समय एमालेको नेतृत्व गरेका एमालेमा विभिन्न तर मारेका माधव नेपालले एमाले चोइट्याएर बाक्लो दाल खाने रहर गरेका छन् । विचारमा असहमत भएर होइन, तत्काल पद नपाउँदा उनले त्यो हर्कत गरेका हुन् । उनका लागि सत्य अध्यक्षको कुर्सी हो, अरू केही होइन । एमालेका लाखौं कार्यकर्ताको भावनाविपरित आज एमालेमा घन वर्साउँदै छन् । विजातीय शक्तिको आडमा उनले एमालेमा धावा बोलेका छन् । जे गरे पनि उनको उदेश्य पुरा हुनेवाला छैन । एमालेको अकण्टक अस्तित्व कायम रहने छ । आकाश-पाताल जोडेर बीस प्रतिशत पुर्याएर पार्टी बनाइ हाले पनि चुनावअघि वा पछि पार्टी चलाउन नसकेर मधेस ओर्लेर उपेन्द्र, महन्त वा कसैको शरणमा जानुपर्ने छ । अथवा, विगतमा बामदेवजस्तै झोल घोप्ट्याएको मुख लिएर एमालेमै फर्कनु पर्नेछ
निर्मल भट्टराई
बामपन्थी पार्टीहरूमा आफ्नो पार्टीको नेतृत्वसँग विभिन्न कारणले असन्तुष्ट भएका नेताहरूले आफ्नो पार्टी फुटाएर छुट्टै पार्टी बनाउने रोग अझै हराएको छैन । यसको पछिल्लो उदाहरण देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति कम्युनिष्ट पार्टी(एमाले) बनेको छ ।
माधव नेपाल महिनौंदेखि एमालेबाट दाम्लो चुँडाउन प्रयत्न गरिरहेका थिए । दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिसँग मिलेर एमालेलाई सके कब्जा गर्ने नत्र विभाजन गर्ने भगिरथ प्रयत्न गर्दै थिए । अन्ततः उनले एमाले टुक्रयाएरै छाडे । विद्यमान कानूनी र संवैधानिक व्यवस्थाअनुसार दलविभाजन गर्न पार्टी केन्द्रिय समिति वा संसदीय दलमा चालिस प्रतिशत सङ्ख्या हुनुपर्ने व्यवस्था थियो । माधव नेपालकै आग्रहमा हालै जारी गरिएको अध्यादेशले त्यसलाई बीस प्रतिशतमा झारिदिएपछि उनी नयाँ पार्टी गठनको प्रक्रियामा छन् ।
तत्कालीन नेकपा(माले)र मार्क्सवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बनेको हो । कम्युनिष्ट पार्टीको स्थापना कालदेखिका नेताहरू मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, साहना प्रधान, भरतमोहन अधिकारी सबैलाई समेटेर नेकपा(एमाले) बनेको हो । जननेता मदन भण्डारीको बहुआयामिक नेतृत्वको कारण यो संभव भएको थियो । देशमा शक्तिशाली कम्युनिष्टहरूको जबर्जस्त उपस्थिति भएको थियो ।
तर जब एमालेले प्रथम जननिर्वाचित प्रथम प्रधानमन्त्री दियो, ०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेले स्वीप गर्यो, बामदेव,सिपी साहनाले एमाले फुटाए । त्यो विभाजन अहिलेको भन्दा भयानक थियो, राष्ट्रव्यापी थियो । विभाजनलाई बामदेवले विचारको लेपनसमेत दिएका थिए । एमालेका थुप्रै कार्यकर्ताले बामदेवलाई साथ दिए पनि जनताले उनलाई साथ दिएनन्, एमालेको हैसियत केही खुम्चियो, खास केही भएन । उता एमालेको राजनीतिमा ठूलो संभावना बोकेका हजारौं कार्यकर्ता लिएर एमालेबाट अलग भएका बामदेव गौतम विस्तारै सेनाविहीन सेनापति बन्न थाले । ती राम्रा कार्यकर्ताहरू प्रचण्डले बालेको ‘जनयुद्द”को भुङ्ग्रोमा परे । सिपी मरिच चाउरे भएर छुट्टै बसे भने पार्टीबाट छुट्टिएको पाँच वर्षमा बामदेव लगभग रित्तै भइसकेका थिए । फर्केपछि पनि पार्टीले उनलाई ठूला-ठूला अवसर र जिम्मेवारी त दियो, तर उनको विवादास्पद व्यवहार अद्यापि कायमै छ ।
सन २००६ को जनक्रान्तिपछि एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईलगायतका एमालेका ‘जातिवादी’हरू सङ्घीय समाजवादी पार्टी बनाएर हठात् छुट्टिए । बाहिर जतिसुकै जातिगत पहिचान, अग्राधिकार, जातीय राज्य भनेर उराल धुराल गरे पनि त्यतिबेलाको विभाजनको मूल कारण पार्टीले अशोक राईलाई गाडी उपलब्ध नगराउनु नै थियो । विभाजनको सङ्घारमा अन्तिम स्थायी समितिको बैठकका लागि उनलाई उनको घरबाट ल्याउने क्रममा ‘किन कमरेडले हठात्पार्टीबाट अलग्गिने निर्णय गर्नुभो’भन्ने जिज्ञासामा उनले भनेका थिए,’सबै स्थायी समितिका सदस्यलाई पार्टीले गाडी दिने, मलाई नदिने, यस्तो पार्टीमा के बस्नु?’ उनीहरूले पार्टी त बनाए, तर चुनावमा समानुपातिकको केही सिटबाहेक केही हात लागेन । अनि उनीहरू हतार-हतार उपेन्द्र यादवसँग पार्टी एकता गरेर मधेस ओर्ले । एमालेले दिएको त्यो बढेमानको हैसियत उनलाई कहिल्यै प्राप्त भएन ।
जब एमालेले प्रथम जननिर्वाचित प्रथम प्रधानमन्त्री दियो, ०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेले स्वीप गर्यो, बामदेव,सिपी साहनाले एमाले फुटाए । त्यो विभाजन अहिलेको भन्दा भयानक थियो, राष्ट्रव्यापी थियो । विभाजनलाई बामदेवले विचारको लेपनसमेत दिएका थिए । एमालेका थुप्रै कार्यकर्ताले बामदेवलाई साथ दिए पनि जनताले उनलाई साथ दिएनन्, एमालेको हैसियत केही खुम्चियो, खास केही भएन । उता एमालेको राजनीतिमा ठूलो संभावना बोकेका हजारौं कार्यकर्ता लिएर एमालेबाट अलग भएका बामदेव गौतम विस्तारै सेनाविहीन सेनापति बन्न थाले । ती राम्रा कार्यकर्ताहरू प्रचण्डले बालेको ‘जनयुद्द”को भुङ्ग्रोमा परे । सिपी मरिच चाउरे भएर छुट्टै बसे भने पार्टीबाट छुट्टिएको पाँच वर्षमा बामदेव लगभग रित्तै भइसकेका थिए
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले देशमा परम्पागत कम्युनिष्ट विचार काम नलाग्ने भएकोले भारतको नयाँ दिल्लीमा उदाएको आम आदमी पार्टीजस्तो वैकल्पिक शक्ति निर्माण गर्न तम्से । राजनीतिकभन्दा पनि पेशागत क्षेत्रका मानिस समेटेर नयाँ शक्ति पार्टी गठन गरे । आम चुनावसम्म आइपुग्दा उनको हालत पत्ला भइसकेको थियो, चुनावमा सर्वनाक हार खाए । चुनावमा हार खाएपछि उनी पनि उपेन्द्र यादवकै सरणमा पुगे । उनको हालत र हविगत सबैले देखेकै छन् । थाहा छैन, मधेसले उनलाई सहज नेता मान्न कति वर्ष लाग्ने हो ?
लामो समय एमालेको नेतृत्व गरेका एमालेमा विभिन्न तर मारेका माधव नेपालले एमाले चोइट्याएर बाक्लो दाल खाने रहर गरेका छन् । विचारमा असहमत भएर होइन, तत्काल पद नपाउँदा उनले त्यो हर्कत गरेका हुन् । उनका लागि सत्य अध्यक्षको कुर्सी हो, अरू केही होइन । एमालेका लाखौं कार्यकर्ताको भावनाविपरित आज एमालेमा घन वर्साउँदै छन् । विजातीय शक्तिको आडमा उनले एमालेमा धावा बोलेका छन् । जे गरे पनि उनको उदेश्य पुरा हुनेवाला छैन । एमालेको अकण्टक अस्तित्व कायम रहने छ । आकाश-पाताल जोडेर बीस प्रतिशत पुर्याएर पार्टी बनाइ हाले पनि चुनावअघि वा पछि पार्टी चलाउन नसकेर मधेस ओर्लेर उपेन्द्र, महन्त वा कसैको शरणमा जानुपर्ने छ । अथवा, विगतमा बामदेवजस्तै झोल घोप्ट्याएको मुख लिएर एमालेमै फर्कनु पर्नेछ ।













प्रतिक्रिया दिनुहोस्