जनता टाइम्स

४ भाद्र २०७८, शुक्रबार २१:२५

माधव नेपालको हैसियत कपालबाट झरेको चायाँ , वामदेव गौतम छेपारो – सुर्य थापा


काठमाडौं, ४ भदौ। नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य सुर्य थापाले माधव नेपाललाई कपालको चायाँसँग तुलना गर्नुभएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्रीको प्रेस सल्लाहकार समेत रहेका थापाले माधव नेपालले वृद्धाश्रममा बस्नेबेला खोलेको पार्टीले कुनै क्रान्ति गर्न नसक्ने भएकाले कसैको रोजाईमा नपर्ने बताउनुभएको हो । संचारकर्मीसंगको एक अन्तर्वार्तामा नेता थापाले माधव नेपालले आफ्नो पार्टीको अध्यक्षको सरकारलाई ढालेर शेरबहादुर देउवालाई भोट हालेर अपराध गरेको समेत बताउनुभयो । उहाँले माधव नेपालको नाङले पसल नचल्ने भन्दै प्रचण्डले केही व्यापारीहरु प्रयोग गरेर एमाले भित्र भाँडभैलो मच्चाउन खोजेको आरोप लगाउनुभयो । उहाँले आउने चुनावमा माधव नेपालको चोइटोले शुन्य सिट जित्ने भन्दै प्रचण्डको भरोसामा पार्टी फुटाएका माधवलाई आफै उत्तानो परेका प्रचण्डले के सहयोग गर्लान भनेर व्यंग्य समेत गर्नुभयो । उहाँले वामदेव गौतमलाई घडीको लंगुरसँग तुलना गर्दै छेपारो झैं रंग फेरेको आरोप समेत लगाउनुभयो ।