काठमाडौँ, भदौ ५ । नेता माधव कुमार नेपालले नयाँ पार्टी खोले पछि उहाँलाई बधाईको साटो गाली गर्नेहरुको संख्या धेरै रहेको छ । नेता नेपालले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को फोटो सहित स्टाटस हालेपछि उहाँ विरुद्ध आम नागरिकले भरपुर गालीगलौज गरेका छन् ।
नेता नेपाललाई सबै भन्दा ठुलो पार्टीको रुपमा रहेको नेकपा (एमाले)लाई फुटाएर माओवादी र काँग्रेसको कारिन्दा जस्तो भएर हिडेकोमा धेरैले आक्रोश ब्यक्त गरेका छन् । नेता नेपालले फेसबुकमा ” एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं जस्ता शब्द लेखेपछि आम नागरिक उहाँ विरुद्ध भएका हुन ।
आम नागरिकले आफ्नै पार्टीका सरकार ढालेर काँग्रेसको सरकार बनाउन सहयोग गरेको प्रति कडा आपति जनाएका छन् । उनीहरुले माधव नेपाल अन्यपार्टीको कार्यकता भएको आरोप लगाउदै अवको केहि महिनामै नयाँ दर्ता गरेको पार्टी सहित अन्य पार्टीमा समाहित हुने सम्म आरोप लगाएका छन् । उहाँ पार्टी सिद्धान्त भन्दा पद लोभी भएकै कारण एमालेमा रहन नसको बताएका छ ।














प्रतिक्रिया दिनुहोस्