जनता टाइम्स

५ भाद्र २०७८, शनिबार १५:२८

एमालेप्रतिको आकर्षण बढदो, कांग्रेस–जसपा त्यागेर एकै वडामा ठूलो संख्यामा नेता कार्यकर्ता प्रवेश


मकवानपुर , भदौ ५ । हेटौडा उपमहानगरपालिका १५ नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी ३५३ जना नेकपा एमालेमा प्रवेश गरेका छन।
शुक्रवार भएको राष्ट्रिय युवा संघ नेपाल १५ नंबर वडा कमिटिको बृहत युवा भेलामा एक सय जना भन्दा बढी नेपाली कांग्रेस,नेकपा माओवादी,राप्रपा परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

उनिहरुलाई एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश सदस्य जूनेलि श्रेष्ठ, पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ,पार्टी जिल्ला सदस्यहरू सुनिल मोक्तान,इन्द्रमान स्याङतान,मेनुका दाहाल,युक्तलाल बिश्वकर्मा, सुमित्रा काफ्ले, सन्तोष चौलागाई, सानु लामा, लक्ष्मण उप्रेती,सुनिल लोपचन, नरेन्द्र भण्डारी, बिश्वराज राई, प्रकाश दाहाल, नगर अध्यक्ष सालिकराम पूडासैनि, वडा इंचार्ज सचिन लामा लगायत नगर सदस्यहरू साथै नगर प्रतिनिधहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त पार्टी प्रवेश कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यको प्रत्याशी दिपक तितुङ, जसपा युवा वडा कमिटीका वडा अध्यक्ष कर्ण सिङ लामा, ऋषिलाल तितुङ,अतुल स्याङबो,अरुण तितुङ,मेरी माया राई,युवराज लो, रतन लो, सुनिल स्याङतान,कोपिला पाख्रिन,प्रदीप वाइबा लगायत ३५३ जना नेकपा एमालेमा प्रवेश गरेका हुन ।