काठमाडौँ, ६ भदौ । नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारीले फुटको पक्षमा नलाग्न नेता कार्यकर्तामा अपिल गर्नुभएको छ । एमालेमा माधव नेपाल पक्षय चोइटिएर गएपछि उहाले नेपाल कम्यूनिष्ट पार्टी एमाले प्रति आस्था राख्नेहरु आम नेता तथा कार्यकताहरु फुटको पक्षमा नलाग्न आग्रह गर्नु भएको हो । विगतमा राजेन्द्र पाण्डे निकट रहेका अधिकारी गत निर्वाचन यता एमालेको मुलधारमा क्रियाशिल हुनुहुन्छ । अधिकारी बीचमा बामदेव गौतमको पार्टी एकता अभियानको केन्द्रीय सदस्य रहे पनि अहिले एमालेको मुलधारको पक्षमा उभिनुभएको हो बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्यमन्त्री समेत रहेका अधिकारीले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ , ‘आफ्नो मुल पार्टी नेकपा एमालेमा नै रहन, फुटको पक्षमा नलाग्न र बिश्व कम्युनिस्ट आन्दोलनलाई धोस्त पार्न चाहनेहरुलाई सहयोग पुग्ने गतिबिधि नगर्न सम्पूर्ण नेता, कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक अनुरोध गर्दछु।’














प्रतिक्रिया दिनुहोस्