सिंगापुर, भदौ ७ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण पूर्वी एसिया भ्रमणका लागि सिंगापुर पुग्नुभएको छ । ह्यारिस आइतबार दिउँसो सिंगापुर आइपुग्नुभएको हो । उहालाई विमानस्थलमा सिंगापुरका विदेश मन्त्री भिभियन बालाकृष्णनले स्वागत गर्नुभएको थियो । सिंगापुर पुगेपछि उपराष्ट्रपति ह्यारिसले दक्षिण पूर्वी एसिया र एन्डो प्यासेफिक क्षेत्र अमेरिकाको सुरक्षा र सम्मृद्धिका लागि निकै महत्वपूर्ण भएको बताउनुभयो । सात दिने दक्षिण पूर्वी एसिया भ्रमणमा रहनुभएकी ह्यारिसले सोमबार सिंगापुरका राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरूलाई भेट्ने कार्यक्रम छ।दक्षिण पूर्वी एसियामा चिनियाँ प्रभाव बढिरहेका बेला त्यसलाई कम गर्न अमेरिकाले पछिल्लो समय यो क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ।अफगानिस्तानलाई लथालिंग छोडेर अमेरिकी सैनिक फर्किएको बेला उपराष्ट्रपति ह्यारिसले नजिकैका एसियाली मुलुकलाई कसरी अमेरिकी नेतृत्वप्रति भरोसा दिलाउँछन् भन्ने एकिन छैन।सिंगापुरको भ्रमण सकेर उपराष्ट्रपति ह्यारिस मंगलबार भियतनाम जाने कार्यक्रम छ। अफगानिस्तानको काबुलस्थित अमेरिकी राजदूतावासबाट अघिल्लो साता कर्मचारीहरूलाई हेलिकप्टरले उद्धार गरेको तस्बिरलाई धेरै मानिसले सन् १९७५ मा भियतनामस्थित अमेरिकी दूतावासको उद्धारसँग तुलना गरेका थिए।
अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा, भियतनाम पनि जाने













प्रतिक्रिया दिनुहोस्