जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १४:०७

देउवाबिरुद्ध साझा उम्मेद्वार उठाउन संस्थापनइतर नेता सहमत, मन्त्रीबारे छलफल गर्ने जिम्मा पौडेललाई


काठमाडौं, भदौ ७ । नेपाली काँग्रेसको संस्थापन इतर समहले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । अनुपम फुडल्याण्ड बत्तीसपुतलीस्थितमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच आज भएको छलफलमा सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट हटाउने अठोटसहित यस्तो सहमति भएको हो ।

बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो । नेताहरुबीचको छलफलमा १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट सहमतिमा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति जुटेको हो ।

आजको बैठकमा सरकार सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको छ। छलफलपछि शक्ति सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँड गर्नका लागि प्रधानमन्त्री देउवासँग छलफल गर्ने जिम्मा बरिष्ठ नेता पौडेललाई दिइएको छ । कांग्रेसमा देउवा इतर समुहको यो निर्णयले पार्टीभित्रक ै शक्ति सनतुलनमा फेरबदल ल्याउने नेताहरुको बिश्वास रहेको छ ।