जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १५:१९

बालकोटबाट अष्टलक्ष्मी शाक्यको घोषणा : एमाले छाडेर कतै जान सक्दैनौं


काठमाडौं, भदौ ७ । नेकपा एमाले उपाध्यक्ष एवं वागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरू एमाले छाडेर कतै जान नसक्ने बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बिहानैदेखि भएको १० बुँदे कार्यान्वयनको निर्णायक छलफलमा स्थायी कमिटी सदस्य शाक्यले यस्तो घोषणा गर्नुभएको हो ।

माधव नेपाल छाडेका सबै स्थायी कमिटी सदस्यहरु बालकोटमा सहभागी हुनुभएको थियो । मुख्यमन्त्री शाक्यले १० बुँदे कार्यान्वयनले एमालेको संगठन प्रणाली ब्युँतिने भन्दै एमाले सशक्तरूपमा अघि बढ्ने र स्थानीय चुनाव जित्ने गरी पार्टी पंक्ति परिचालित हुने पनि बताउनुभयो । उहाँले अध्यक्ष ओलीले एमालेको आन्तरिक एकतामा झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलाई पनि समेट्न पहल गर्नुपर्ने अडान राख्नुभयो ।