जनता टाइम्स

९ भाद्र २०७८, बुधबार १९:०५

एउटा नेता भर्खर मार्क्सवादको मलाम गयो


आन्दोलनमा लागे वापतका सारा साउँ व्याज असुल्यो, भुँडी भर्योे
भएजति नाम, दाम तमाम ढेडुु पगरी आफैँले मात्र सोहोर्योे
जीवनभर मदन भण्डारीको खूव बखान गर्योे
आखिर भण्डारीकै चिहान खन्न अघि सर्योे

प्रा.डा. बद्रीबिशाल पोखरेल

जीवनभरी मार्क्सवाद बेचेर खायो
मार्क्सवाद र जबजका नाममा मनमोजी गर्योे
जनताका सन्तानलाई भ्रमको भुँमरीमा हाल्यो
केवल आफ्नो दुनो मात्र सोझ्यायो

आन्दोलनमा लागे वापतका सारा साउँ व्याज असुल्यो, भुँडी भर्योे
भएजति नाम, दाम तमाम ढेडुु पगरी आफैँले मात्र सोहोर्योे
जीवनभर मदन भण्डारीको खूव बखान गर्योे
आखिर भण्डारीकै चिहान खन्न अघि सर्योे

आफैँलाई महँगो मोलमा तराजुमा तौलेर भण्डारीलाई बेचेर खायो
आफैँलाई नेपाल थर र गोत्रको अतिसामान्य पेटु मानवमा खसाल्यो
नेपालथरि थर गोत्र पार्टी मात्र मन परायो
परमप्रिय भष्मासुर नेपाल दाजुको पुच्छर भयो

एउटा नेता मार्क्सवादको मलाम गयो
जननेता मदन भण्डारीको चिहान खन्यो
एउटा नाम मात्रको नेता अत्यन्त बदनामको नमुना बन्यो
मार्क्सवाद बचाउने स्वाङ गर्दै मार्क्सवादको मलाम गयो