जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १४:३५

माथिल्लो तामाकोशीमा कुलमानको झेल, गुरु भट्टराईले गरिदिए षडयन्त्रको भण्डाफोर


काठमाडौं, भदौ १० । इञ्जिनियर गुरु भट्टराईले कुलमान घिसिङकै कारण नेपाल बिद्युत प्राधिकरणले अर्वाै रकम गुमाउनु परेको तथ्य सार्वजनिक गर्नुभएको छ । मिडियामा पैसा बाँडेर वाहावाही कमाउनु भएका घिसिङले माथिल्लो तामाकोशीलाई दुहुनो गाई बनाउने योजना रहेको संकेत गर्दै तथ्यसहित कुलमानसँग जवाफ माग्नुभएको छ ।

‘खिम्ति ढल्के २२० केभि प्रशारण लाइनको दोस्रो सर्किट कुलमानकै पालामा बनेको हो, त्यसले अहिले ३०० मेगावाट पनि नधान्ने र ट्रिप हुने गरेको छ । कुलमानले ४ बर्ष पदमा बसेर प्रशारण लाइन निर्माण र सुधारमा के काम गरे ? सिन्को भाँचेनन र आज बिभिन्न आयोजनाका बिद्युत यसै खेर गएर राज्यलाइ अर्बौ घाटा भइरहेको छ । कुलमानको भजन गाउने एउटा लठ्ठक जमातले त यी बिषय बुझ्ने कुरा भएन तर नेपालका मेडिया किन यसको खोजी गर्दैनन र लेख्दैनन ? बिज्ञापनमा लुट गर्न ? तामाकोशीको ४५६ मेगावाट बिद्युत प्रशारण र प्रयोग कहिले हुन्छ ? कुलमानले जवाफ दिनु पर्दैन ?,’ भट्टराईले लेख्नुभएको छ ।

यस्तो छ भट्टराईले खोलेको तथ्य

बिद्युत प्राधिकरणले भदौ १ को बार्षिक उत्सव कार्यक्रमका अवसरमा बनाएको डकुमेन्ट्रीमा पूर्वप्रम केपी ओलीले उद्घाटन गरेको तामाकोशी बिद्युत बिषय रहेकोले कुलमान घिसिङ आएपछि त्यसलाइ अस्विकार गरेर डकुमेन्ट्रीबाट सो बिषय हटाउन लगाएर भने, ‘के को उद्घाटन ? एउटा युनिट मात्रै चलाएर उद्घाटन हुन्छ ? त्यसलाइ हटाउँनुस ।’

उनले भदौ १ बाट ६ वटै युनिट (४५६ मे वाट) संचालनमा ल्याउँछौ भनेर मन्त्रीलाइ भने तर आजसम्म ल्याएनन । केही दिन पहिले ६ वटा युनिट शुरु गर्न लाग्दा खिम्ति ढल्केबर २२० केभि प्रसारण लाइनले लोड नधानेर ट्रिप भयो, जसको समाधान अहिलेसम्म हुन सकेको छैन र तामाकोशीको दैनिक करोडौको बिद्युत खेर गइरहेको छ । अर्को कुरा कुनैपनि कम्पनिले बिद्युत आयोजनमा शुरुको १५ दिन सित्तैमा प्राधिकरणलाइ बिद्युत दिनुपर्छ । तामाकोशी पनि एउटा सरकारी कम्पनि अन्तरगत हो । १५ दिन सित्तैमा प्राधिकरणले ४५६ मे वा बिद्युत पाउने भनेको अर्बौ रुपिया बराबरको बिद्युत हो । त्यो १५ दिन बिद्युत प्रयोग गर्न नपाइ खेर गएको छ ।

खिम्ति ढल्के २२० केभि प्रशारण लाइनको दोस्रो सर्किट कुलमानकै पालामा बनेको हो, त्यसले अहिले ३०० मेगावाट पनि नधान्ने र ट्रिप हुने गरेको छ । कुलमानले ४ बर्ष पदमा बसेर प्रशारण लाइन निर्माण र सुधारमा के काम गरे ? सिन्को भाँचेनन र आज बिभिन्न आयोजनाका बिद्युत यसै खेर गएर राज्यलाइ अर्बौ घाटा भइरहेको छ । कुलमानको भजन गाउने एउटा लठ्ठक जमातले त यी बिषय बुझ्ने कुरा भएन तर नेपालका मेडिया किन यसको खोजी गर्दैनन र लेख्दैनन ? बिज्ञापनमा लुट गर्न ? तामाकोशीको ४५६ मेगावाट बिद्युत प्रशारण र प्रयोग कहिले हुन्छ ? कुलमानले जवाफ दिनु पर्दैन ?