विराटनगर, भदौ १० । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीमा आजै नियुक्त हुनुभएका एमाले नेता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिई एमाले सचिव आचार्यलाई संसदीय दलको नेता निर्वाचित गर्न प्रस्ताव गरेपछि उहाँको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । राईले आजै पदबाट राजीनामा दिई दलको बैठकमा आचार्यलाई संसदीय दलको नेता प्रस्ताव गर्नुभएको थियो । दलको नेता नियुक्त भएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्