काठमाडौं, भदौ १० । सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका एकमात्र आधिकारिक वितरक सिप्रदीले नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार तोकेको छ । ७ सिट क्षमता रहेको यो गाडी नेपालभरका टाटा मोटर्सका शोरुममार्फत अवलोकन तथा टेस्ट ड्राइभको व्यवस्था गरिएको छ ।
ट्रेडिङका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले नयाँ सफारी आउनु टाटासँगको व्यापारिक साझेदारीमा एक अर्को कोशे ढुंगा भएको बताउनुभयो । यता प्यासेन्जर भेहिकल इन्टरनेशनल बिजनेसका प्रमुख मायक बाल्डीले यस नयाँ टाटा सफारीले नेपाली बजारमा नयाँ आयाम थप्ने र ग्राहकहरुको प्रशंसा पाउने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्