बासिङ्टन डिसी, भदौ ११ । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ८० जनाको ज्यान गएको छ ।
महलामा चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी दिनुभएको छ । पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो।
हमलालगत्तै राष्ट्रपति बाइडनले भन्नुभएको छ, ‘यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छौं, यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनौं।’
अमेरिकीलाई आफ्नो काममा आतंकवादीले रोक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् । मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ ।













प्रतिक्रिया दिनुहोस्