काठमाडौं, भदौ ११ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा।मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिनुभएको छ ।सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उहाँको तर्क छ ।यस्तै यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्दै प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही गर्नु पर्ने सिफारिस गरेको थियो ।त्यसपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले बीपी प्रतिष्ठानमा साउन २८ गते छापा मारेको थियो ।
बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले दिए राजीनामा













प्रतिक्रिया दिनुहोस्