काठमाडौं, भदौ १३ । केही दिनको तुलनामा आज नयाँ कोरोना संक्रमितको संख्या घटेको तथ्यांकले देखाएको छ । आज नेपालमा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार २५९ जनाको पिअिसार परीक्षण गर्दा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर २२६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २४ एक जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३२ हजार ७४४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन् भने ६२५ जना आइसियुमा र १६७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३४३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएकामध्ये काठमाडौं उपत्यकामा ४७८ जना छन् । जसमा काठमाडौंमा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जनालाई संक्रमण पुष्टि भएको छ ।













प्रतिक्रिया दिनुहोस्