जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार ०६:५९

कस्तो छ आजको मौसम ?


काठमाडौं, १४ भदौ । नेपालमा आज पनि मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ । पछिल्लो तीन/चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।

तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार मौसममा थप सुधार आउने छ । मंगलबार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।