जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार ११:५३

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक : यस्तो छलफल हुँदै


काठमाडौं, १४ भदौ । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रीत छ । सरकारले गर्ने कार्यबारेसँगै मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुनेछ ।

सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी बैठकमा सरकारलाई पूर्णता दिनेसँगै समसामयिक विषयमा पनि छलफल भएको छ ।