जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार २१:०५

बलात्कारी मन्त्रीको भिडियो सार्वजनिक हुँदापनि बर्खास्त नगरेको भन्दै अनेरास्ववियुले जनायो आपती


काठमाडौं, १५ भदौ । नेकपा एमाले निकट अनेरास्ववियुले एक महिलामाथी भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बलात्कार जस्तो जघन्य अपराध गरेको भिडियो सार्बजनिक भएको बताउदै उनलाइ तत्काल बर्खास्त गर्न माग गरेको छ ।

अध्यक्ष ऐन महरद्वारा जारी विज्ञप्तीमा प्रदेशका मन्त्री जस्तो जिम्मेवार व्यक्ति आफै बलत्कार जस्तो जघन्य अपराधमा संलग्न भई घटनाको भिडियो समेत बाहिरिएको विषयले अनेरास्ववियु स्तब्ध र लज्जीत भएको बताएका छन ।