काठमाडौँ, भदौ १७। पोखरा–२० भलाममा गए राति पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा स्थानीय ४५ वर्षीय कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङको मृत्यु भएको छ भने उहाँहरूका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता हुनुभएको छ। पहिरोले पुरिएर उहाँहरूका अर्का छोरा राजकुमार घाइते भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो । यस्तै, पहिरोले पुरिएर पोखरा–११ काहुँभञ्ज्याङका ४२ वर्षीय लक्ष्य नेपालीको पनि मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिँदा नेपालीकी छोरी सृष्टि नेपाली घाइते हुुनुभएको छ। उहाँका दुबै खुट्टा र ढाडमा चोट लागेको छ। नेपालीका श्रीमती र २ छोराको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण गए राति पोखरा–३ नदीपुरमा जमिन भासिएको छ। जमिन भासिँदा स्थानीय देउबहादुर पुन, बलबहादुर पुन र छविबहादुर पुनको घरमा क्षति भएको वडा अध्यक्ष रवीन्द्र प्रजुले जानकारी दिनुभयो। जमिन भासिँदा सडकमा समेत क्षति पुगेको छ। भासिएको ठाउँमा नगरपालिकाले पुर्ने वडा अध्यक्ष प्रजुले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्