जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार १२:०५

दार्चुलामा भारतीय हेलिकप्टर उडेपछि भीम रावलले उठाए सरकारमाथि गम्भिर प्रश्न


काठमाडौं, १८ भदौ । काठमाडौं । नेपालको हवाई क्षेत्रलाई उल्लङ्घन गरी दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा पूर्व गृहमन्त्री तथा एमाले नेता भीम रावलले सरकारको नियतमाथि प्रश्न गर्नुभएको छ ।

हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उड्न नेपाल सरकारले अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो भन्दै नेता रावलले प्रश्न गर्नुभएको छ । देश र जनताको सुरक्षामा ध्यान नदिएको प्रति सरकारको आलोचना गर्दै नेता रावलले मन्त्रीको भागबन्डा लगाउने, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र सरकारको काम हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ?गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’
नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनाधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेको छ । जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ भने नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराएको छ ।

यद्यपी, नेपाल सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छ । महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा ड्रोन उडाउन खोज्दा भने भारतले असहयोग गरेको थियो ।

May be an image of 1 person and text that says 'Dr. Bhim Rawal @BhimRawal179 दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लइघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्ु हो? Translate Tweet 10:39 AM 9/3/21 Twitter for iPhone 2 Retweets 8 Likes'