उर्मिला भट्टराई / सिन्धुली, १९ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सिन्धुली सभापतिमा तीन आकांक्षी देखिएका छन् । पूर्वजिल्ला सभापति उज्ज्वल बराल, पूर्वसहसभापति माढिक ढकाल र नेविसंघ तरुण दल सिन्धुलीका पूर्वसभापति उपेन्द्र पोखरेल सभापतिको दौडमा देखिनुभएको हो । बराल कांग्रेस सिन्धुलीका निवर्तमान सभापति हुन् । पार्टीका क्रियाशील नेता बरालले १४ औं महाधिवेशनमा फेरि पनि सभापतिको उम्मेदवारीमा घोषणा गर्नुभएको छ ।
विगतमा सभापति भएर आफूले गरेको कामको मूल्यांकन नेता कार्यकर्ताले गर्ने उहाँले बताउनुभयो । कांग्रेस सिन्धुलीका पूर्वसहसभापति ढकाल पार्टीका क्रियाशील नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँले यसपटक जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समय पार्टीमा क्रियाशील भएर काम गरेका कारण आफूलाई निर्विरोध सभापति दिनुपर्ने ढकालको मत छ । कांग्रेसमा सशक्त युवा नेतृत्व आवश्यक भएकाले आफूले सभापतिमा उम्मेदवारी दिने पोखरेलको भनाइ छ ।न्युज कारखाना













प्रतिक्रिया दिनुहोस्