जनता टाइम्स

२० भाद्र २०७८, आईतवार ०८:३९

मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, यस्तो छ तीन दिनको मौसमी विवरण


काठमाडौँ, भदौ २० । मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकाध ठाउँमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अब मंगलबारसम्म नै ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र २० गते

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २१ गते

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २२ गते

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।