काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको लगातार अवरोधले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । आज बसेको प्रतिनिधिसभाको बैठक पनि एमाले सांसदहरूको नाराबाजीका कारण आउँदो मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आज पहिलोपटक बसेको बैठकमा एमाले सांसदहरुको नाराबाजी भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । दोस्रोपटक बसेको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी कायम रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले आउँदो मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
आजको दुवै बैठकमा सभामुख सापकोटाले संवादमार्फत समस्या समाधानमा आउन एमाले सांसदहरूलाई आग्रह गर्नुभयो । तर,उनीहरुले बेवास्ता गर्दै नाराबाजी गरे । समन्वय, समझदारी र सहकार्य पुग्नुपर्ने अन्तिम विन्दु रहेको भन्दै सभामुख सापकोटाले न्यूनतम साझा समझादारी कायम गरेर अघि बढ्ने बारम्बार अनुरोध गर्नुभयो ।
तर, सभामुखको आग्रहलाई वास्ता नगरी एमाले सांसदहरूको संसद बैठकमा नाराबाजी भइरह्यो । यसपछि बैठक स्थगित गरिएको हो । यसअघि बुधबार र बिहीबारको बैठक पनि एमाले सांसदहरुको नाराबाजीले प्रभावित भएको थियो ।













प्रतिक्रिया दिनुहोस्