काठमाडौं, २७ भदौ । नेपालमा आज ९११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
८७७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८३८ जनामा र तीन हजार एक सय ४० एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यससँगै आज देशभर सक्रिय संक्रमितको संख्या २६७५७ जना रहेका छन् । पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १४२३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।













प्रतिक्रिया दिनुहोस्