जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १४:४९

धनकुटा काङ्ग्रेसमा गयो पहिरो, काँग्रेसका सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश



धनकुटा, भदौ २८ । धनकुटामा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि सयौं संख्यामा क्रियाशील नेता तथा कार्यकर्ता एमाले पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा एमाले धनकुटाको बृहत् कार्यकर्ता भेला कार्यक्रम मार्फत पाख्रिबास वडा नं ९ का सयौं युवा नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन । नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि लोकेन्द्र घिसिङको नेतृत्वमा १ सय ५० जना युवाहरू नेकपा एमाले पार्टीमा प्रवेश गरेको एमालेले जनाएको छ । त्यस्तै गरि छथरजोरपाटी गाउपालिकाबाट पनि १० जना युवा एमाले पार्टीमा प्रवेश गरेका हुन । त्यस्तै गरि पाख्रिबास वडा नं १० र धनकुटा नगरपालिका वडा नं १० बाट पनि ४ – ४ जना गरि ८ जना एमाले पार्टीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा एमाले पार्टी धनकुटाका पूर्व सभासद तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाई , जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राई , प्रदेश सभा सदस्य तथा न्यायिक तथा विधायन समितिका सभापति ईन्द्रमणि पराजुली ,प्रदेश सभा सदस्य निरन राई ,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा धनकुटा नगरपालिका मेयर चिन्तन तामाङ , पाख्रिवास नगरपालिकाका मेयर तथा उपमेयर वृष बहादुर राई , देवकला पौडेल तिम्सिना , छथरजोरपाटी गाउपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य भिमकला श्रेष्ठ लगायत पार्टीका नेताहरूले फुलमाला तथा खदा लगाएर स्वागत गर्नुभएको थियो । नवप्रवेशि घिसिङले नेपाली काङ्ग्रेस जस्तो दलाल र कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको बताउनुभयो । वृहत् कार्यकर्ता भेलालाई सम्बोधन तथा नवप्रवेशिहरुला स्वागत गर्दै नेताहरूले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पार्टीले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ,कुनैदिन पनि एमाले प्रवेश गरेकोमा तपाईंहरुलाई पश्चाताप हुने छैन भन्दै मुलुकको सबै समस्याको समाधान गर्ने काम नेकपा एमाले पार्टीले मात्र गर्ने बताउनुभयो ।