जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार ०८:११

कस्तो छ आजको मौसम ?


काठमाडौं, २९ भदौ । आज बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको हो ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति बागमती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । बुधबार प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।