काठमाडौं, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कम्युनिष्ट नभएको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सचिवालय पूर्णबैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव र प्रचण्डमा कम्युनिष्टको कुनै चरित्र नभएको बताउनु भएको हो ।
‘कुनै पनि हालतमा प्रचण्ड कम्युनिष्ट होइनन्, यसमा शंका नै छैन’, ओलीले भन्नुभयो । उहाँले माधव नेपाल पनि कम्युनिष्ट नरहेको बताउनु भयो । उहाँले आफ्नै कम्युनिष्ट पार्टीको सरकार ढाल्नेलाई कसरी कम्युनिष्ट भन्न सकिन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
‘माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी हुन्, माधव नेपालले कम्युनिष्ट आन्दोलन र देशका विरुद्ध अपराध गरेका छन्’, उहाँले भन्नुभयो ।माधव नेपाल र प्रचण्ड प्रतिगामी शक्ति भएको पनि आलीले ठोकुवा गर्नुभयो । माधव र प्रचण्ड प्रतिगामीबाट सञ्चालित रहेको ओलीको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्