काठमाडौं, असोज २ । भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन २’ को उपाधि जित्नुभएको छ । आज भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले उपाधि जित्नुभएको हो ।
उपाधिसँगै पौडेलले कार र २५ लाख नगद पाउनु भएको छ । आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उाँको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए। आत्मविश्वासका साथ स्टेजमा उत्रिने पौडेल पूर्वेली लवजमा सहजताका साथ कaमेडी गर्न सक्नुहुनछ ।

यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भई मोटरसाइकल पाउनु भएको छ भने गोरखाका सन्तोष थापा तेस्रो हुनुभएको छ।













प्रतिक्रिया दिनुहोस्