कालिकोट, असोज ८ । शुभकालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पम्फाकुमारी शाहीले प्रहरी कार्यालय कालिकोटभित्रै पत्रकार ललित विष्टलाई हातपात गर्नुभएको छ ।
रेडियो नयाँ कर्णाली एफएमका प्राविधिक ललित विष्टलाई उपाध्यक्ष शाहीले आफूले राखेको कृषिमन्त्री कुर्मराज शाहीको टिकटकको समाचार साभार र सेयर गरेको भन्दै प्रहरी कार्यालय भित्रै मुक्का प्रहार गरेको पीडित विष्टले बताउनुभयो । उपाध्यक्ष शाहीले पत्रकार विष्टलाई प्रहरी कार्यालयभित्र छलफलका लागि बोलाएर मुद्दा फाँटको ढोकामा प्रवेश गर्दैगर्दा हातपात गर्नुभएको हो ।
‘समाचार लेख्ने तै होस्’ भन्दै प्रहरीकै अगाडि उहाँले मुक्का प्रहार गर्नुभएको हो । उपाध्यक्ष शाहीले आफ्नो टिकटकमा रोमान्टिक गीतसहित मन्त्री शाहीको तस्बिर पोष्ट गर्नुभएको थियो । उक्त विषयमा संचारमाध्यले समाचार बनाएपछि विष्टले समाचार र टिक टक सेयर गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्