जनता टाइम्स

२० आश्विन २०७८, बुधबार १०:२८

प्रथम महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट प्रदान


काठमाडौँ, २० असोज । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोल लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले डंगोललाई उक्त अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभएको हो ।विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गर्नुभएकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिनुभएको थियो । उहाँले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गर्नुभएको थियो । उहाँअहिले ८९ वर्ष पुग्नुभएको छ। यसअघि अवकाशप्राप्त पूर्वमहानिरीक्षक र वरिष्ठ अधिकारीहरूलाई यस अवार्ड दिइँदै आइए पनि यस पटक भने अवकाशप्राप्त सहायक निरीक्षकलाई दिइएको हो ।२००७ सालमा नेपाल प्रहरीको स्थापना भए पनि नेपाल प्रहरीले २०१२ को प्रहरी ऐनलाई आधार मानेर प्रहरी स्थापना दिवस मनाउँदै आएको छ । ६६औं प्रहरी स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायतको उपस्थिति थियो ।