जनता टाइम्स

३१ श्रावण २०७५, बिहीबार १०:५०

वेस्ट इन्डिजमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी


सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेलिरहेका सन्दीपले बिहीबार जमाइका तल्लावाजविरुद्ध ४ ओभरको स्पेलमा २१ रन खर्चेर २ विकेट लिए।

सन्दीपले एकै ओभरमा दुई विकेट लिएका थिए। छैटौं ओभरको पहिलो बलमा केनर लेविसले सन्दीपलाई छक्का प्रहार गरेपछि दोस्रो बलमा सन्दीपलले उनलाई पवेलिएन फर्काएका थिए। यस्तै लगत्तै त्यसको दुई बलमै आन्द्रे मकार्थीलाई एलबिडब्लु को धरापमा पारेका थिए।

अन्य खेलाडीहरुले राम्रो प्रदर्शन नगर्दा सन्दीपको टोली प्याट्रियट्सले भने हार बेहोरेको छ। जमाइकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल खडा गरेको थियो। जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो।