जनता टाइम्स

३१ श्रावण २०७५, बिहीबार १०:५१

रोनाल्डो बिनाको रियलको म्याड्रिड डर्बीमा लज्जास्पद पराजित


बुधबार राति भएको सुपरकपमा रियललाई एट्लिटिकोले ४–२ गोलअन्तरले पराजित गर्यो। पहिलो हाफमा १–१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एट्लिटिकोले रियलको पोस्टमा तीन गोल ठोकेको थियो।

रोनाल्डोसँगै प्रशिक्षक जिनादिन जिदानले राजिनामा दिएपछि पहिलो पटक म्याड्रिड डर्बीमा उत्रेको रियलले हार बेहोरेको हो। रियललाई पराजित गर्न एट्लिटिकोले अतिरिक्त समयमा दुई गोल गरेको थियो।

निर्धारित समयमा २–२ को बराबरीमा रोकिएको खेलको अतिरिक्त समयमा कोके र साउल निगाउजले थप दुई गोल गर्दै रियललाई हार चखाएका थिए।

त्यसअघि एट्लिटिकोका लागि डियगो कोस्टाले दुई गोल गरेका थिए भने म्याड्रिडका लागि करिम बेन्जामा र सर्जियो रोमासले गोल गरेका थिए।