जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १८:५१

एमाले उमाकुण्डमा रुद्रमणि बने अध्यक्ष, यी हुन नयाँ पदाधिकारी (नामसहित)


रामेछाप, कात्तिक ९ । नेकपा एमाले उमाकुण्ड गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनले रुद्रमणि नेवारलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

अधिवेशनले गाउँकमिटीका उपाध्यक्षमा छिरी लामा, सचिवमा चन्द्र खाती, उपसचिवमा पबित्रा कार्की र पुर्ण प्रसाद गुरागाईँ चयन हुनुभएको छ ।

नेकपा एमालेका नेता एवं उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले सर्वसम्मत रुपमा पालिकाको नेतृत्व चयन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले ६१ सदस्यीय पालिका कमिटीका सदस्यहरु चयन गरेको छ ।