जनता टाइम्स

११ असार २०७६, बुधबार १४:०४

एकाएक प्रसंशाको पात्र बने सञ्चारमन्त्री बाँस्कोटा : गालीको साटो बर्सियो ताली


काठमाडौं, असार ११

बिगत केही दिन यता सामाजिक सञ्जालमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा छाउनु भएको छ । सरकारको प्रवक्ताको समेत जिम्मेवारीमा रहनुभएका मन्त्री बाँस्कोटाले आम नेपालीको भावनाअनुसार क्लिनफिल्डको पक्षमा दह्रो अडान लिएपछि सामाजिक सञ्जालमा वाहवाही बन्नुभएको हो ।

मन्त्री बनेदेखि अनेक विवादमा परिरहेका बाँस्कोटालाई यसअघि आमा चकारी गाली गर्नेहरुसमेत आइ एम वीथ गोकुल बाँस्कोटा, आइएमवीथ क्लिनफिल्ड भन्दै मन्त्रीको पक्षमा दृढताका साथ उभिएका हुन । कडा स्वभाव र मनमा लागेको कुरा बोलिहाल्ने बानीले बाँस्कोटा पटक पटक बिवादमा पर्दै आउनु भएको छ । मन्त्री बनेदेखि सामाजिक सञ्जालमा चर्काे आलोचना खेप्ने नेताका रुपमा चिनिनुभएका बाँस्कोटाको एउटै कामले वाहवाही पाएको हो ।

क्लिनफिल्डको कारण केही दिनयता सामाजिक सञ्जालमा सबैले बाँस्कोटाको प्रशंसा गरिरहेका छन् । पटक–पटक लागू हुने बेलामा अलपत्र परेको क्लिनफिड नीतिको पनि सर्वत्र प्रशंसा भइरहेको हो । सो नीति लागू गराउन मन्त्रीलाई सवैले हौसला दिइरहेका छन । क्लिनफिड नीति लागू भएपछि विदेशी च्यानलले नेपालमा बिज्ञापन बजाउन पाउँदैनन् । हाल नेपाललाई एक रुपैयाँ पनि नतिरी डेढ सय विदेशी च्यानलले बिज्ञापन बजाउने गरेका छन् । अझ नेपाली टेलिभिजन बजाउन नपाउने मदिराको बिज्ञापन समेत बिदेसी च्यानलले बजाउने गरेका छन् । अब ती च्यानलहरुले बिज्ञापन बजाउन पाउँदैनन् । बजाएपनि नेपालमै बनाएर बिज्ञापन बजाउनुपर्ने छ ।

सरकारको यो कदमको सबैले प्रशंसा गरेका हुन् । केबल व्यवसायीले भने यसको विरोध गरेका छन् । उनीहरुले २४ घन्टा केबल लाइन काटेर समेत यसको विरोध गरे पनि आम जनताले प्रतिवाद गरेका छन । केवल ब्यवसायीहरुलाई कार्वाहीको मागसमेत जनस्तरबाट भएको छ । क्लिनफिल्डले मन्त्री बाँस्कोटाको छवी यति माथि पुर्याएको छ कि मन्त्री बनेदेखि हुलिया मन परेन भन्नेहरु समेत मन्त्रीको वाहवाहीमा आफ्नो शब्द खर्च गरिरहेका छन । मिडिया काउन्सिल बिद्येयकको बिरुद्ध उभिएका सवैजसो पत्रकार पनि यस बिषयमा मन्त्रीको साथमा रहेको घोषणा गरिरहेका छन । यत्तिसम्म कि राजीनामा माग्ने भानुभक्त आचार्यहरु पनि मन्त्रीको यो कामको खुला प्रसंशक बनेका छन ।

यस्तै कलाकारहरुले समेत सरकारको यो कदमको स्वागत गरेका छन् । चर्चित अभिनेता हरिबंश आचार्य, दिपकराज गिरीहरुले सरकारको यो कदममा आफूहरुको साथ रहेको बताए । विपक्षी दलका नेताहरुले समेत सरकारको यो नीतिको भने समर्थन गरेका छन् । बरु आफूहरु महिनौं विदेशी च्यानल नहेर्ने तर क्लिनफिड नीति लागू भएको हेर्न चाहेको भन्दै सर्वसाधरणले सञ्चारमन्त्री बाँस्कोटालाई साथ दिएका छन् । दुई वर्षअघि पनि यस्तो नीति लागू गर्न लागिएको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकार केबल टिभी व्यवसायीको प्रभावमा परेर पछि हटेको थियो ।

सरकारको क्लिनफिड नीतिले नेपाली बिज्ञापन उद्योग समेत माथि उठ्नेछ भने विज्ञापनको नाममा हुने विदेशी सांस्कृतिक अतिक्रमन समेत बन्द हुनेछ ।

मन्त्री बनेदेखि अनेक विवादमा परिरहेका बाँस्कोटालाई यसअघि आमा चकारी गाली गर्नेहरुसमेत आइ एम वीथ गोकुल बाँस्कोटा, आइएमवीथ क्लिनफिल्ड भन्दै मन्त्रीको पक्षमा दृढताका साथ उभिएका हुन । कडा स्वभाव र मनमा लागेको कुरा बोलिहाल्ने बानीले बाँस्कोटा पटक पटक बिवादमा पर्दै आउनु भएको छ । मन्त्री बनेदेखि सामाजिक सञ्जालमा चर्काे आलोचना खेप्ने नेताका रुपमा चिनिनुभएका बाँस्कोटाको एउटै कामले वाहवाही पाएको हो

सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको समर्थन गर्दै अधिकांश आलोचकले लेखेका छन, ‘क्लिनफिड स्वदेशी सञ्चार माध्यमहरुको नाफाको बिषय मात्रै हुँदै होइन यो त राष्ट्रियताको बिषय हो । राष्ट्रिय स्वाभिमानको पनि बिषय हो । यो लागू भएपछि बहुराष्ट्रिय कम्पनीहरू आफ्नो विज्ञापन नेपालमै निर्माण गर्न बाध्य हुनेछन् । विज्ञापन निर्माणमा नेपाली कलाकार सहित सबै नेपालको प्रयोग हुनेछ । विश्वबजारमा नेपाली मौलिकता र कलाकारको ‘ब्राण्डिङ’ समेत हुनेछ । त्यसलै टेलिभिजन वितरकहरुको आन्दोलन राष्ट्रियता बिरुद्धको आन्दोलन पनि हो । माटो बिरोधी आन्दोलनको प्रतिरोध गरौं । माटोलाई माया गर्नेहरुले यो नीतिको दृढतापूर्वक समर्थन गरौं !’

मन्त्री गोकुल बाँस्कोटाले अनेक अबरोधकोबीच दृढतापूर्वक लागू गराउन लागेको क्लिनफिड नीति देशभक्तिपूर्ण एउटा ऐतिहासिक कदम रहेको उदघोषसमेत गरिएको छ सामाजिक सञ्जालहरुमा ।

क्लिनफिल्डको फाइदा

 हाल एक सय ३९ विदेशी च्यानल डाउनलिंकको अनुमतिपत्र लिएर प्रसारणमा छन् । अधिकांश च्यानल विज्ञापनसहित प्रसारण भइरहेका छन् । स्वदेशी च्यानलबाट प्रसारण हुने विज्ञापनमा राजस्व लाग्ने भए पनि विदेशी च्यानलले नेपालमा विज्ञापन प्रसारण गरेबापत कुनै किसिमको राजस्व बुझाउँदैनन् ।

 नेपालमा प्रसारण हुने विदेशी च्यानलहरु नेपाली केवल टेलिभिजन सेवा प्रदायक कम्पनीले ‘डाइरेक्ट अपलिंक’ गर्ने भएकाले भारतीय च्यानलहरु ‘रियल टाइम’ मै नेपालमा पनि प्रसारण भइरहेका छन् । यसरी रियल टाइममै विदेशी च्यानल प्रसारण हुने व्यवस्था अन्य मुलुकमा छैन ।‘रियल टाइम’मै सोझै ‘अपलिंक’ हुने भएकाले ती च्यानलमा प्रसारित विज्ञापन पनि निर्बाधरुपमा नेपाली दर्शकसम्म आइपुग्छ । त्यसैले विदेशी कम्पनीहरू नेपालका लागि छुट्टै विज्ञापन बनाउन आवश्यक ठान्दैनन् ।

 अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री तथा शेरधन राई सञ्चार मन्त्री भएको बेला ०७२ माघ २० गते सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समिति बनेको थियो । यो समितिले आम सञ्चार नीति–२०७३ लागु तयार पारेको थियो । यही नीतिले (क्लिन फिड)को परिकल्पना गरेको हो । ७ साउन ०७३ को मन्त्रिपरिषद् बैठकले विदेशी च्यानलबाट निर्बाध रूपमा भइरहेको विज्ञापन प्रसारणमा रोक लगाउने भन्दै विज्ञापनरहित (क्लिन फिड) नीति २०७३ जारी गरेको थियो ।

 १० चैत २०७५ मा राष्ट्रिय सभाबाट पारित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा ६ (१) मा को अनुसार यो नीति लागू भएपछि ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’

 दफा दफा ६ (१) को उपदफा (२) मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्नुपर्ने छ । यो लागु भएपछि नेपालको अर्थतन्त्रमा समेत ठुलो प्रभाव रहनेछ । यो नीति लागूभएपछि नेपाली सञ्चार माध्यमले ठुलो लाभ लिनेछ । नेपाली कलाकार, प्राबिधिक लगायत यसमा संग्लन मजदूरहरुले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

 यो लागु भएपछि बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालमै निर्माण गर्नुपर्ने हुन्छ । यसबाट नेपाली कलाकार, स्रोतसाधन र सीपको प्रयोग हुन्छ । विश्वबजारमा नेपाली मौलिकता र कलाकारको ‘ब्राण्डिङ’ समेत हुनेछ ।

 नेपाल विज्ञापन संघका अनुसार अहिले देशमा वार्षिक ५ अर्ब ५० करोड रुपैयाँको विज्ञापन बजार छ । क्लिन फिड नीति लागू भए यो बजार दोब्बर हुन सक्ने उनीहरूको भनाइ छ । वार्षिक दुई अर्ब रुपैयाँको विज्ञापन बजार विदेशी च्यानलको कब्जामा गएको यो हाम्रो हुनेछ ।