जनता टाइम्स

२ पुष २०७८, शुक्रबार ०८:५७

मंगलग्रहमा सबैभन्दा पुरानो चट्टान पहिचान



काठमाडौं, पुस २ । मंगलग्रहमा सबै भन्दा पुरानो चट्टान पहिचान भएको दाबी अमेरिकी अन्तरिक्ष संस्था नासाको “मार्स पर्सिवरेंस रोवर” ले मंगलग्रहमा सम्भवतः सबैभन्दा पुरानो चट्टानको पहिचान गरेको दाबी गरेको छ । नासाका अनुसार मंगलग्रहमा मार्स पर्सिवरेंस रोवरू अवतरण गरेको खाल्डोमा सो पुरानो चट्टान पहिचान भएको हो ।

पहिचान गरिएको यो चट्टान मार्स पर्सिवरेंस रोवरूको अभियानमा एउटा कोशेढुङ्गा सावित हुन सक्ने छ । सो चट्टानको नमुना पृथ्वीमा ल्याएपछि सो चट्टानको कार्बन डेटिङ गरी अनुमानित आयु पत्ता लाग्ने बताईएको छ ।

नासाका अनुसार मार्स पर्सिवरेंस रोवरबाट प्राप्त हुने चट्टान र माटोको नमुनाबाट अरबौँ वर्ष अघि मंगलग्रहमा जीवनको अवशेष रहे नरहेको बारे पनि पत्ता लगाउन मद्दत पुग्ने बताएका छन् ।