जनता टाइम्स

६ भाद्र २०७५, बुधबार १३:२४

हत्या भएको भनिएका पत्रकार जिवितै फेलापछि


४ अगस्त १९७२ मा बिबिसीको दिउँसोको बुलेटिनमा एक्कासि एउटा सनसनीपूर्ण समाचार सुनियो । युगान्डाका तानाशाह इदी अमिनले वर्षौंदेखि बस्दै आएका ६० हजार एसियालीलाई एक्कासि देश छाड्न आदेश दिए । उनले देश छोड्नका लागि ९० दिनको समयसीमा तोकेका थिए ।
६ फिट ४ इन्च अग्ला र १ सय ३५ किलो तौल भएका इदी अमिनलाई अहिले सम्मका सबैभन्दा क्रुर र निर्दयी तानाशाहका रूपमा गनिन्छ । एक समय हेभी वेटका बक्सिङ च्याम्पियन रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटोलाई हटाएर सत्तामा आएका थिए । आफ्नो आठ वर्षे शासनकालमा उनले क्रुरता र निर्दयताको यति विभत्स उदाहरण प्रस्तुत गरे कि, आधुनिक इतिहासमा यस्तो बिरलै पाइन्छ ।

४ अगस्त १९७२ मा इदी अमिनले एक्कासि एउटा सपना देखे । जसअनुसार उनले युगान्डाको टोरेटो सहरमा सैनिक अधिकारीलाई सम्बोधन गर्दै भने ‘अल्लाहले मलाई इसाइहरूलाई तत्काल देश छाड्न लगाउन आदेश दिएका छन् ’ उनले भनेका थिए ‘इसाइहरूले आफूलाई आम युगान्डावासीबाट अलग राखेका छन् र उनीहरूले युगान्डा वासीसँग घुलमिल हुने कुनै प्रयास गरेका छैनन् । उनीहरूको सबैभन्दा बढी रुचि युगान्डालाई लुट्नु हो । उनीहरूले गाईको दूध त दोहन गरेका छन् तर घाँस खुवाउने कष्ट गरेका छैनन् ।’

सुरुमा अमिनको यो घोषणालाई एसियाका मुलुकहरूले गम्भीरताका साथ लिएनन् । उनीहरूले अमिनले आफ्नो सन्कीपनका कारण यस्तो निर्णय लिएको ठाने । तर, केही दिनमै थाहा भयो कि, अमिन उनीहरूलाई देश छाड्न बाध्य बनाउन दृढ छन् ।

त्यसो त अमिनले पछि पनि यस्तो फैसला लिन अल्लाहले उनलाई सपनामा सल्लाह दिएको स्वीकार गर्ने गरेका थिए । तर, अमिनको शासनकालका बारेमा बहुचर्चित पुस्तक ‘घोस्टस् अफ कंपाला’ लेख्ने जर्ज इवान स्मिथ लेख्छन् ‘यसको प्रेरणा उनले लिवियाका तानाशाह कर्नेल गद्दाफीबाट प्राप्त गरेका थिए ।

जसले अमिनलाई सल्लाह दिएका थिए कि, देशमा उनको स्थिति त्यतिवेला मात्र बलियो हुन्छ जब उनले अर्थ व्यवस्थामा आफ्नो पकड मजबुत गर्नेछन् । जसरी उनले आफ्नो देशमा इटालियनबाट छुटकारा पाएका छन्, त्यसैगरी, युगान्डालाई एसियाली मुक्त बनाउनुहोस् ।’

अमिनले इसाइहरूलाई युगान्डा छाड्न आदेश दिएको जानकारी पाउनासाथ बेलायतले एक मन्त्री जियाफ्री रिपनलाई युगान्डा पठायो । उसको उद्देश्य भनेको अमिनलाई आफ्नो पूर्व घोषणाबाट पछि हट्न मनाउनु थियो ।

तर, रिपन जब कंपाला पुगे तब अमिनले आफ्नो व्यस्तताका कारण आगामी पाँच दिन भेट गर्न नसक्ने खबर दिए । रिपन बेलायत फिर्ता हुने भएपछि अमिनका सल्लाहकारका कारण चौथो दिन अमिनले रिपनसँग भेट त गरे तर कुनै फाइदा भएन । अमिन आफ्नो निर्णयमा अडिग रहे ।

भारत सरकारले पनि स्थितिको अनुगमन गर्न आफ्नो विदेश मन्त्रालयका प्रतिनिधि कंपाला पठायो । उनी थिए, निरन्जन देसाई । देसाई सम्झन्छन् ‘जब म कंपाला पुगेँ त्यहाँ हाहाकार मच्चिएको थियो । तीमध्ये कैयौं मानिस आफ्नो पूरै जीवनमा युगान्डाभन्दा बाहिर गएका थिएनन् । हरेक व्यक्तिलाई आफूसँग ५५ पाउन्ड र २ सय ५० किलो सामान लाने मात्र अनुमति थियो । राजधानी कंपालाभन्दा बाहिर बस्नेलाई यस्तो नियमको जानकारीसमेत थिएन ।’

अमिनको यस्तो निर्णय यति अचानक भएको थियो कि, युगान्डा सरकारले यसको कुनै तयारी गरेको थिएन । केही धनी एसियाली मानिसले आफ्नो धन स्टाइलले खर्च गर्ने नयाँ तरिका निकाले । देसाई भन्छन्, ‘उनीहरूमा यस्तो विचार आयो कि, यदि तपार्इं आफ्नो पैसाबाहिर लैजान पाउनु हुन्न भने यसलाई स्टाइलले उडाइदिनोस् । केही बुद्धिमानी मानिसले आफ्नो पैसाबाहिर लान पनि सफल भए । सबैभन्दा सजिलो तरिका थियो, पूरै संसार घुम्न र पूरै परिवारका लागि प्रथम श्रेणीको टिकट किन्नु जसमा एमसिओमार्फत् होटल बुकिङ पहिले भएको होस् ।’