काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको एक मात्र सन्तान जयबीरसिंह देउवा जब्बर बनेर निस्कनुभएको छ ।
बेलायत पढेर नेपाल फर्केका जयबीरले बाबुआमा सत्तारुढ दलको प्रमुख नेता र मन्त्री रहेको मौका छोपेर आफूबिरुद्ध लेख्ने जोकोहीलाई प्रहरी हिरासतमा पुर्याउने अभियान नै चलाउनु भएको छ । जयबीरले हिलटन होटलको शेयर खरिद गरेको भनेर समाचार लेख्ने पत्रकारदेखि युटु्युवमा समाचार दिने सवैलाई साइबर अपराधमा मुद्दा हाल्नुभएको छ । आफैले उजुरी दिएर जयबीर अव आफूबिरुद्ध समाचार लेख्नेहरुलाई बाबुआमाको आडमा प्रहरी लगाएर थुन्ने कसम खाएर अघि बढनु भएको पाइएको हो ।
यही योजनाअनुरुप जयबीरले बरिष्ठ पत्रकार दिलभुषण पाठकबिरुद्ध प्रहरीमा साइबर क्राइमको उजुरी दिएर अदालतमा मुद्धा दर्ता गर्न लगाइ फौजदारी अभियोग लगाएर पुर्जी जारी गराइसक्नु भएको छ । देउवापुत्र जयबीरले दिलभुषणलाई थुनाएरै छाडने अडान लिइरहनुभएको तथ्य बाहिर आइसकेको छ । नेपाली कांग्रेसका नेताहरुसँग बुधवार भएको छलफलमा देउवाले जयबीर मान्दै मान्दैन भनेर पत्रकार पाठकलाई थुन्ने कुराको वकालत गर्नूभएपछि यो तथ्य उजागर भएको हो ।
उपसभापति पुर्णबहादुर खडका, महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मासहितको छलफलमा पत्रकार पाठक कांग्रेस नै रहेको जनाएर प्रहरी लगाएरु थनाउने काम उचित नभएको तर्क गरेपछि देउवाले ‘लु म त सहमत भएँ, तर जयबीर मैले कत्ति सम्झाउँदा पनि मान्दैमान्दैन, जयबीरलाई सम्झाउने काम अव गर्नू, सवै कुरा मिल्छ’ भन्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।
‘सभापति थुनाउनु हुन्न भन्नेमै हुनुहुन्छ तर जयबीर मान्दैन भन्नुहुन्छ, हामीलाई सम्झाउन सके सम्झाउ भन्नुभएको छ,’ देउवासँगको छलफलको बिषयमा जनताटाइम्स डटकमले जिज्ञासा राख्दा सहभागी एक नेताले भने । हिलटन होटलको शेयर खरिद गरेको समाचार आएप्छि जयबीरले अव सवैसँग बदला लिने कसम खाएर यस्तो काम गरेको र बाबुआमाबाट गृहमन्त्रीलाई आफूले भनेअनुसारको काम गर्न प्रहरी महानिरीक्षकदेखि अरुलाई पनि भन्न लगाएको दावीसमेत स्रोतले गरेको छ ।
जयबीरले दिलभुषण पक्राउ गर्न उहाँसँग सम्पर्कमा रहेका भनिएका पत्रकारलाई समेत प्रहरी लगाएर हैरानी दिन थालेको स्रोतको दावी छ । सोही प्रकरणमा प्रहरीले पत्रकार नारायण अर्याललाई समात्न खोज्नुका साथै घेराउ गरेपछि जयबीरको आतंक बाहिर आएको हो ।
जयबीरले आफूविरुद्ध स्टाटस लेखेकै आधारमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीविरुद्ध पनि साइबर क्राइममा मुद्दा दायर गर्न लगाउनु भएको पाइएको छ । सरकारी वकिल कार्यालयले बिहीवार काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोवार अन्तर्गत केसीबिरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।
देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिनुभएको थियो । सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो । तर केसीका परिवारले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले थुनामुक्त गरिदिएको थियो । थुनामुक्त हुनुअघि नेपाल पत्रकार महासंघ काठमाडौंको सदस्यसमेत रहनुभएका केसीले ६ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बिताउनु भएको थियो ।
केसी प्रहरीमा उपस्थित नभइ प्रहरीले नै उहाँसम्म पुगेर जाहेरी तयार पारेको स्रोतले बतायो । जयवीरकै नामबाट जाहेरी दिए पनि अभियोगपत्र दर्ता गर्दा भने प्रहरीले नाम लुकाएको छ । प्रहरीले जयवीरलाई परिवर्तित नाम ‘साइबर ब्यूरो ५५’ दिएर अभियोगपत्र बनाएको हो । अभियोगपत्रमा सुजितको फेसबुक स्टाटसले जाहेरीकर्ताको विरुद्धमा घृणा, द्वैष फैलाउने कार्य गरी चरित्रहत्या हुन गएको उल्लेख छ । फेसबुकमा सबैले देख्ने गरी कन्टेन्ट आफैं तयार पारी आफ्नो वाल÷टाइमलाइनमा अपलोड गरेको हुँदा केसीले विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुर गरेको आरोप लगाइएको छ ।
प्रहरीले केसीमाथि सोही उपदफा बमोजिम सजायको मागदावी सरकारी वकिलले गरेका छन् । उक्त उपदफामा एक लाखसम्म जरीवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ । अभियोगपत्रमा केसीबाट मनासिब क्षतिपूर्ति पनि जयवीरलाई भराउनुपर्ने मागदावी गरिएको छ । साथै, पीडीत राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ ।
काठमाडौंको पाँचतारे हिल्टन होटल खरिद गरेको भन्ने केही मिडियामा आएको समाचारका आधारमा केसीले स्टाटस लेखेको पाइएको छ । ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडां नक्साल स्थित हिल्टन होटल खरिद गरेका छन,’ केसीले लेख्नुभएको थियो ।
यो स्टाटस केही समयपछि केसी आफैले हटाउनु भएको थियो । आफूले सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत केही मिडियाबाट जयवीरले ८ अर्बभन्दा बढी मूल्य पर्ने होटल खरिद गरेको थाहा पाएपछि यसप्रति असन्तुष्टि जनाउन स्टाटस लेखेको बयान केसीले प्रहरीलाई दिएका छन् । यद्यपि, उक्त समाचार सत्य नभएको कुराहरु आएपछि आफूले स्टाटस हटाएको बयान केसीले दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्