काठमाडौं, २६ असार । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बन्नुभएको छ । उहाँले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गर्नुभएको छ । केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जित्नुभएको छ । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिनन् तर आफु यसबाट निकै उत्साहित रहेको बताउनुभएको थियो । इन्स्टाग्राममा उहाँका एक लाख ९० हजार भन्दा बढी फलोअर्स छन् र उहाँले खाना, संस्कृति, फेसन, सौन्दर्य र यात्रासँग सम्बन्धित पोष्ट गर्ने गनुहुन्छ ।
‘मेरो प्रयास मोरक्कोको समृद्ध सम्पदालाई प्रदर्शन गर्ने हो, जसले संस्कृति र प्रविधिको अद्वितीय मिश्रणलाई प्रतिबिम्बित गर्दछ,’ केन्जा ल्यालीले जितपछि भन्नुभयो । एआई मोडेल केन्जा लाइल आफ्ना फ्यानहरूसँग सात फरक भाषामा जोडिन २४ः७ उपलब्ध छिन् । केन्जा भन्नुहुन्छ, मेरो लक्ष्य महिला सशक्तिकरण, वातावरण संरक्षण र एआई बारे सकारात्मक जागरूकता फैलाउन मेरो ख्याति प्रयोग गर्नु हो ।
केन्जालाई एआई उपकरण प्रयोग गरेर बनाइएको हो, जसले मानव क्षमताहरूलाई पूरक बनाउन डिजाइन गरिएको हो, तिनीहरूलाई प्रतिस्थापन गर्न होइन । उहाँले आफ्नो उद्देश्य डर हटाउन तथा मानव र एआईबीच स्वीकृति र सहयोग प्रवर्द्धन गर्नु रहेको बताउनुभयो । उहाँले मोरक्कोका लागि यो अवार्ड जित्न पाउँदा निकै गर्व लागेको पनि बताउनुभयो । फिनिक्स एआईका सीईओ बेसाले मोरक्कोलाई गर्वका साथ प्रतिनिधित्व गर्ने अवसर भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्