जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार २०:०६

भोजपुरको हतुवागढी-९ मा एमालेका सन्जाल राई विजयी


भोजपुर, बैशाख ३१ । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ९ वडाध्यक्षमा सन्जाल राई विजयी हुनुभएको छ ।

राई कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५  मत प्राप्त गरेका छन्।

वडा नं. ९ को मतगणना सकिएसँगै अहिले वडा नं. २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ।