जनता टाइम्स

९ असार २०७९, बिहीबार १५:२२

विजुक्छेंकी पत्नीमा मात्र सिमित थिइनन शोभा, शिक्षा क्षेत्रमा यस्तो छ प्रेरणादायी योगदान


भक्तपुर, असार ९ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । आफू प्राणघातक रोगबाट पीडित भए पनि उहाँले शिक्षा क्षेत्रमा योगदान गर्न कहिल्यै आनाकानी र इन्कार गर्नुभएन । बरु शिक्षा र स्वास्थ्यमा दत्तचित्त भएर खटिरहनु भयो ।

यसरी खट्दा खट्दै बुधबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा ६२ वर्षको उमेरमा शोभाको निधन भएको भयो । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिनुभएकी शोभाले ११ मंसिर २०४१ मा नारायणमान बिजुक्छेंसँग विवाह गर्नुभएको थियो । विवाह अघिदेखि नै उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो ।

२० भदौ २०३५ रामेछाप ठेसोस्थित शारदा माविमा प्रावि तह अस्थायी शिक्षिका भएर अध्यापन थाल्नुभएकी उहाँले १९ फागुन २०४० मा भक्तपुरको च्याम्हासिंहस्थ्ति बागीश्वरी माविमा सरुवा भएर शिक्षाको ज्योति बाँड्ने काम गर्नुभयो । उहाँ २ पुस २०६८ प्रावि तह द्वितीय श्रेणीमा वढुवा हुनुभयो ।

निरन्तर शिक्षण पेशामा रहेकी शोाभा १३ पुस २०७७ मा उमेरहदका कारण अनिवार्य अवकास पाए पनि शिक्षाको क्षेत्रमै क्रियाशील रहिरहनुभयो । जीवनको ४२ वर्ष लामो समय शिक्षिका भएर बिताउनु भएकी उहाँ अवकाश पाएपछि पनि शिक्षाकै क्षेत्रमा क्रियाशील हुनुभयो । क्यान्सरसँग लड्दै र शिक्षाको क्षेत्रमा क्रियाशील रहेकी बागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्यको भूमिकाबाट बालबालिकाको शिक्षामा योगदान गरिरहनुभयो ।

‘उहाँंले (शोभा) सेवानिवृत्त भएपछि पाउनुभएको दुई लाख रुपैयाँं क्यान्सर पीडित स्कुल परिवारको उपचारका लागि भनि कोष स्थापना गरी पैसा जम्मा गरिदिनुभयो,’ प्रजापतिले भन्नुभयो, ‘उहाँंकै उत्प्रेरणाबाट मैले पनि एक लाख राखेँ, अर्का शिक्षक रामप्रसाद सुवालले एक लाख राख्नुभयो, फेरि अर्की शिक्षिका शोभना शाक्यले ५० हजार राख्नुभयो । यसरी चार लाख ५० हजार जम्मा भयो र पाँंच लाख ५० हजार स्कुलले थपेर १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरौँ

बिदामा समेत नबसी अध्यापनमा शोभा खटिने गरेको उहाँका सहकर्मी ज्ञानसागर प्रजापति सम्झनु हुन्छ । शोभाकै कारण विद्यालयमा क्यान्सर पीडितहरुको लागि उपचार गर्न १० लाखको अक्षय कोष स्थापना गरिएको प्रजापतिले बताउनु भयो ।

‘उहाँंले (शोभा) सेवानिवृत्त भएपछि पाउनुभएको दुई लाख रुपैयाँं क्यान्सर पीडित स्कुल परिवारको उपचारका लागि भनि कोष स्थापना गरी पैसा जम्मा गरिदिनुभयो,’ प्रजापतिले भन्नुभयो, ‘उहाँंकै उत्प्रेरणाबाट मैले पनि एक लाख राखेँ, अर्का शिक्षक रामप्रसाद सुवालले एक लाख राख्नुभयो, फेरि अर्की शिक्षिका शोभना शाक्यले ५० हजार राख्नुभयो । यसरी चार लाख ५० हजार जम्मा भयो र पाँंच लाख ५० हजार स्कुलले थपेर १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरौँ ।’